Hikmat Acharya
  • ११ चैत्र २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

अछामको कुइकामा कांग्रेसको अन्तरक्रिया कार्यक्रम सम्पन्न


अछाम– अछामको पञ्चदेवल १ मा नेपाली कांग्रेसले अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली कांग्रेसको सय दिने विशेष अभियान अन्तर्गत आज अछामको पंचदेवल विनायक नगरपालिका वडा नम्बर १ कुइकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

नगर कार्यसमिति सदस्य तथा वडाका कार्यक्रम संयोजक जन्मजय ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य वेदप्रकाश तिमिल्सैना रहेका थिए ।

गौरिकान्त ढकाल, अतिथिका रूपमा वडा अध्यक्ष दुर्गा प्रसाद तिमिल्सैना, र प्रदेश अधिवेशन प्रतिनिधि लोकराज ढकालको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि वेदप्रकाश तिमिल्सैनाले नेपाली कांग्रेसको भूमिकाबारे आफ्नो बिचार समेत व्यक्त गरे ।

नेपालका लागि नेपाली कांग्रेस अपरिहार्य रहेको बताउादै उनले भने, “पार्टीले मुलुकमा प्रजातन्त्र स्थापना, लोकतन्त्रको संस्थागत विकास र सामाजिक न्याय सुनिश्चित गर्न खेलेको भूमिका ऐतिहासिक छ। त्यसैले पार्टीलाई बलियो बनाउन सबैलाई सक्रिय हुन र कांग्रेसका काममा उत्साहपूर्वक संलग्न हुनुपर्ने समय आएको छ।“

कार्यक्रममा वडा सभापति दुर्गा प्रसाद तिमिल्सैनाले पार्टी संगठन सुदृढीकरण र स्थानीय स्तरमा जनसरोकारका मुद्दाहरू सम्बोधन गर्न कांग्रेसको अभियान महत्वपूर्ण रहेको बताए ।

सो कार्यक्रमले स्थानीय तहमा कांग्रेसको सांगठनिक सुदृढीकरण र जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यलाई अघि बढाएको छ ।

सहभागीहरूले पार्टीको नीति र उद्देश्यलाई प्रभावकारी रूपमा लागू गर्न सामूहिक योगदानको आवश्यकतामा जोड दिएका छन् ।

कार्यक्रमले स्थानीय तहमा पार्टीको सशक्त थप उपस्थिति सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : राजनीति, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode