Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरमा नक्कली बुवा बनेर विवाहित पुरुषको दोस्रो बिहे गराउने पक्राउ


कञ्चनपुरमा नक्कली बुवा बनेर विवाहित पुरुषको दोस्रो बिहे गराउने पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा नक्कली बुवा बनेर बहुविवाह गराउने एक जना पक्राउ परेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–३ का ४२ वर्षीय वीरबहादुर ऐर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताउनुभयो ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद मालीको नक्कली बुवा बनेर बहुविवाह गराउन भूमिका खेलेको उनीमाथि आरोप छ । मालीले ३१ वर्षीया एक युवतीलाई झुक्याएर विवाह गरेका थिए । माली र कञ्चनपुरको वेदकोट नगरपालिका–२ का जनकबहादुर धामीलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode