चिसो बढेपछि दार्चुलाको टिंकर प्रहरी चौकी छाङरु झर्यो

दार्चुला– दार्चुलाको टिंकरस्थित सीमा प्रहरी चौकी छियालेकबाट छाङरु झरेको छ । तिंकरमा चिसो बढेपछि सीमा प्रहरी चौकी छाङरु झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ब्यास गाउँपालिका–१ टिंकरस्थित छियालेकमा रहेको सीमा प्रहरी चौकी चिसो बढेपछि छाङरु झरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कान्तिराज जोशीले बताए ।
छियालेकबाट प्रहरी टोली मंसिर ८ गते छाङरु झरेको हो । चिसो बढेपछि टिंकरका स्थानीय भने चिसो छल्न सदरमुकाम झर्ने गरेका छन् ।
प्रहरी नायब निरीक्षक चक्रबहादुर सिंह नेतृत्वको टोली मंसिर ८ गते छाङरु झरेको हो ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया