Hikmat Acharya
  • १ माघ २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

बसबाट खसेर अछामका सहचालकको मृत्यु


धनगढी- कैलालीमा बसबाट लडेर सहचालकको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनीस्थित सडकमा अछामबाट टिकापुरतर्फ जाँदै गरेको ना ६ ख ४५९१ नम्बरको बसबाट लडेर बसका सह–चालक अछामको चौरपाटी गाउँपालिका–१ का २५ वर्षीय ज्ञानु साउँदको बिहीवार मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode