Hikmat Acharya
  • ११ चैत्र २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा किशोरी बेपत्ता पार्ने हवल्दार जोशी जेल गए


बैतडी – बैतडीमा किशोरी बेपत्ता पारेको आरोप लागेका महाकाली प्रहरी चौकीका इन्चार्ज कारागार चलान भएका छन ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ की १७ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा वरिष्ठ प्रहरी हवल्दार कृष्णराज जोशीलाई पुर्पक्षका लागि कारागार पठाइएको हो।

जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख, प्रहरी नायब उपरीक्षक मुकुन्द कुमार मिश्रले बुधवार जोशीलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको बताए ।

उनले भने, ‘पुर्पक्षका लागि कारागार पठाइएको छ। किशोरीको विषयमा केही खुलेको छैन।’

महाकाली प्रहरी चौकी, डिम्बरका इन्चार्जसमेत रहेका प्रहरी हवल्दार जोशीलाई असोज २५ गते स्थानीयले नियन्त्रणमा लिएका थिए।

किशोरी बेपत्ता भएको घटनामा जोशीको संलग्नता रहेको आरोप लगाउँदै स्थानीयले जोशीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्। असोज २५ गते बिहान पानी ल्याउन गएकी किशोरी बेपत्ता भएकी उनको परिवारले बताउने गरेको छ।

तर उनी अहिलेसम्म पनि भेटिएकी छैनन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

महाकाली प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार जोशीले बेपत्ता किशोरीलाई भेट्न बोलाएका प्रमाण र तस्बिरसँगै निकटतम सम्बन्धमा रहेर बनाएका भिडियो समेत आफूहरूसँग सुरक्षित रहेको दाबी गर्दै आएका छन ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode