Hikmat Acharya
  • १७ मंसीर २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

डडेल्धुरामा अरिङ्गालले टोक्दा एक जनाको मृत्यु


डडेल्धुरा – डडेल्धुराको भित्रिमधेश क्षेत्रमा अरिङ्गालले टोक्दा एक जना पुरुषको मृत्यु भएको छ ।

गाई वस्तुलाई घाँस काट्दै गरेका आलिताल गाउँपालिका– १ दुनीका ५० वर्षीय लक्ष्मणराज जोशीको अरिङ्गालले टोक्दा मृत्यु भएको हो ।
जोशीलाई कात्तिक १२ गते घर नजिकैको जङ्गलमा घाँस काट्ने क्रममा अरिङ्गालले टोकेको थियो ।

अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला सदरमुकाम तुफानडाडाँको डडेल्धुरा अस्पताल पुगाइएको थियो । डडेलधुरा अस्पतालमा उनको उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियो ।

धनगढीमा पनि उनको उपचार सम्भव नभएपछि भारतको बरेलीको अस्पताल पुगाइएको थियो ।

बरेलीको एक अस्पतालमा उपचारकै क्रममा बिहीवार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक डम्बर विष्टले बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode