Hikmat Acharya
  • २६ वैशाख २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

२ किशोरीमाथि बलात्कार गर्ने एक सशस्त्र प्रहरी हिरासतमै मृत फेला


दाङ- हिरासतमा रहेका एक जना सशस्त्र प्रहरी मृत फेला परेका छन् ।

बलात्कार आरोपमा पक्राउ परेका एकजना सशस्त्र प्रहरी हिरासतमै मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही स्थित वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेका उनले हिरासतमै आत्महत्या गरेका हुन्।

वडा प्रहरी कार्यालयको शौचालय भित्र उनले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। सोमवार बिहान आफुले लगाएको कपडाले घाटीमा पासो लगाएका थिए।

गत असोज २४ मा भलुबाङका १४ र ८ बर्षिया दुई बालिकालाई बलात्कार गरेको आरोपमा भालुबाङ स्थित शस्त्र प्रहरी बल ज्वाला माइगणका दुई सशस्त्र प्रहरीलाई नियन्त्रणमा लिइएको थियो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode