Hikmat Acharya
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु


बैतडी-बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–४ दिउनाकी ६५ बर्षीया हिरा बिष्टको खर काट्ने क्रममा भिरबाट लडेर शुक्रवार बिहान मृत्यु भएको दोगडाकेदार गाउँपालिका–४ का वडाअध्यक्ष तर्कराज भट्टले बताएका छन्।

खर काट्न आफ्नी बुहारीसँगै गएकी बिष्ट उच्चाइनी भन्ने भिरबाट लडेकी हुन्।

भिरबाट लडेर करिब २ सय मिटर तल सडकमा खसेकी बिष्टको घटनास्थलमै मृत्यु भएको वडाअध्यक्ष भट्टले बताएका हुन्।

दूरपश्चिमका पहाडी जिल्लाहरुमा हिउँदमा वस्तुभाउलाई खुवाउन वनपाखामा खर काटेर जम्मा गर्ने चलन छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode