Techie IT
  • १ पुस २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा ब्राउन सुगरसहित एकजना पक्राउ


बैतडीमा ब्राउन सुगरसहित एकजना पक्राउ

बैतडी– बैतडीमा लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् ।

जिल्लाको पाटन नगरपालिका–४ खोल्सीका २१ बर्षीय नरेश विकलाई २ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँदको नेतृत्वमा खटिएको टोलीले उनलाई दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका –६ स्थित सुर्नया नदीको पक्की पुल नजिकबाट बुधबार राति साढे १२ बजे नियन्त्रणमा लिएको हो ।

रातिको समयमा सडकमा एक्लै हिँडिरहेको अवस्थामा विकलाई नियन्त्रणमा लिएको बताइएको छ । नियन्त्रणमा लिएका विकमाथि चेकजाँच गर्दा ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ । उनी पहिलादेखि ब्राउन सुगर ओसार पोसारमा संलग्न रहेको हुन सक्ने आशंका गरिएको छ ।

पक्राउ परेका विकमाथि लागू औषध ओसारपोसार मुद्दामा अनुसन्धान हुने प्रहरी निरीक्षक ढुंगानाले बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode