बैतडीमा गर्भवती बोकेको अटो दुर्घटना
बैतडी- बैतडीमा अटो दुर्घटना भएको छ ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिकै सुदूरपश्चिम प्रदेश ०१००१ ह ६०७० नम्बरको अटो शुक्रबार दिउँसो दुर्घटना भएको हो ।
अटो अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको छ। सिल्लेगडाबाट खोचलेकतर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा गर्भवती महिलासहित चार जना घाइते भएका छन् ।
दोगडाकेदर गाउँपालिका–२ की २५ वर्षीया पार्वती जोशी, ४५ बर्षीया बसन्ती जोशी, २५ बर्षीया राजेन्द्र भाट र पुर्चौडी नगरपालिका–९ का २० बर्षीया हिरा सार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए। घाइतेमध्ये पार्वती जोशी गर्भवती रहेको खुलेको छ ।
घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। अटो चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का २२ बर्षीय उमेश साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया