जापानको होकुरीकु खानाजावामा नेपाली समाज गठन : अध्यक्षमा अछामका कुँवर

जापानको होकुरीकु प्रान्तको इसिखावा केनको खानाजावामा नेपाली समाजको स्थापना गरिएको छ ।
त्यहाँ रहेका विभिन्न पेसा व्यवसाय,रोजगारी र विद्यार्थी भिसामा रहेका नेपालीहरूको समस्या समाधानका साथै सामाजिक सेवाका क्रियाकलाप गर्ने उद्देश्य सहित नेपाली समाजको स्थापना गरिएको हो ।
खानाजावामा लामो समय देखी रहँदै आएका र नेपालीहरूलाई सहयोग गर्दै आएका समाजसेवी रमेश सुनारको अध्यक्षतामा सम्पन्न बैठकबाट सर्वसम्मत रुपमा आदित्यजंग कुँवरको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको बताइएको छ ।
अछामको चौरपाटी गाउँपालिका घर भई हाल जापानमा रहेका आदित्य जंग कुँवरको अध्यक्षतामा गठन नेपाली समाजमा १७ सदस्य रहेका छन् भने ३ जनाको सल्लाहकार समिति रहेको छ ।
समितिको उपाध्यक्षमा श्रीराम गौतम, सचिवमा हरि भुसाल,सह सचिवमा रञ्जु देवकोटा,कोषाध्यक्षमा नरेश घताङ रहेका छन् ।
समितिले उक्त क्षेत्रमा रहेका नेपालीहरूलाई एकीकृत गर्नुका साथै असहज परिस्थितिमा सहकार्य र नेपालमा परोपकारका काम गर्ने उद्देश्य राखेको अध्यक्ष कुँवरले बताएका छन् ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
प्रतिक्रिया