बाढीपहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या १० पुग्यो

अविरल वर्षासँगैको बाढी, पहिरोमा परी अहिलेसम्म १० जनाको ज्यान गएको छ । ११ जना बेपत्ता भएका छन् । सात सय ६० जनाको सकुशल उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।
काभ्रेमा तीन जना, पाँचथर र धनकुटामा दुईरदुई जना तथा धादिङ, काठमाण्डौ र ललितपुर एकरएक जना गरी १० जनाले ज्यान गुमाएका छन् ।
थप क्षतिको विवरण आउन बाँकी छ । सबैजसो राजमार्ग, मुख्य सडकमार्ग अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको केन्द्रीय प्रहरीले जनाएको छ ।

अधिकारी पश्चिम रैवारको सह सम्पादक हुन् । रेडियो बान्नीगढीमा समाचार सम्पादक समेत रहेका उनले समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया