Hikmat Acharya
  • १७ मंसीर २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु


कञ्चनपुर– कञ्चनपुरमा चट्याङ लागेर एकैदिन दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो।

कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार दोधारा चाँदनी नगरपालिका–६ बस्ने ३४ वर्षीय यमबहादुर सुनारको मृत्यु भएको छ।

प्रहरीका अनुसार, बुधबार मध्यान्न १२ बजे सोही नगरपालिकाको भट्टीनालास्थित बजारबाट घर जाने क्रममा पानी परेपछि यमबहादुर र सोही ठाउँका ३६ वर्षीय जगते सुनार रुखमुनि बसेका थिए ।

सोही क्रममा चट्याङ लागेर दुबै जना घाइते भएका थिए । उपचारका क्रममा यमबहादुरको एक बजे मृत्यु भएको हो ।

यस्तै लालझाडी गाउँपालिकामा पनि चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। वडा नम्बर १ नौरंगा बस्ने २८ वर्षीया हिरामति रानाको मृत्यु भएको हो ।
बिहान साढे १० बजे चट्याङ लागेकोमा उपचारका क्रममा १२ बजे धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको डिएसपी जोशीले बताए । बारीमा काम गर्ने क्रममा चट्याङ परेको हो।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode