Techie IT
  • २१ मंसीर २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

भारतमा चन्द्रयान–४ मिसनका लागि साढे २१ अर्ब भारु विनियोजन


भारतमा चन्द्रयान–४ मिसनका लागि साढे २१ अर्ब भारु विनियोजन

भारत सरकारले चन्द्रमाबाट माटो वा ढुङ्गाका नमूना ल्याउने उद्देश्य रहेको चन्द्रयान–४ मिसनका लागि झन्डै साढे २१ अर्ब भारतीय रुपैयाँ विनियोजन गरेको छ ।

चन्द्रयान–३ लाई चन्द्रमामा उतार्न सफल भएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को अर्को मिसनका लागि केन्द्र सरकारले २१ अर्ब ४० करोड भारु सुनिश्चित गरेको बीबीसी हिन्दीले जनाएको छ ।

सन् २०४० सम्ममा चन्द्रमामा मानिस पठाउने लक्ष्य लिएको इसरोका लागि नमूना लिएर फर्कने चन्द्रयान–४ महत्त्वपूर्ण मिसन हुनेछ ।

दुई वटा रकेटले छुट्टाछुटै उपकरण चन्द्रमामा उतारेर त्यहाँबाट नमूना लिएर फर्कने चन्द्रयान–४ अन्तरिक्ष खोजको क्षेत्रमा महत्त्वपूर्ण हुने इसरोले विज्ञप्तिमा उल्लेख गरेको छ ।

अमेरिकाले सन् १९६९ देखि १९७२ का बीचमा सञ्चालन गरेको मिसनले चन्द्रमाबाट नमूना ल्याएको थियो । यस्तै सोभियत सङ्घले १९७० को दशकमा र चीनले २०२० मा चन्द्रमाबाट नमूना ल्याएका थिए ।

अमेरिकाले ल्याएको नमूना झन्डै तीन अर्ब ६० करोड वर्ष पुरानो भएको पत्ता लागेको छ । भारतसँगै रुस र जापानले पनि चाँडै चन्द्रमाबाट नमूना ल्याउने गरी काम गरिरहेका बीबीसीले जनाएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode