Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

जुवा खेलाउने चिनियाँ नागरिकसहित ७ जना बौद्धबाट पक्राउ


जुवा खेलाउने चिनियाँ नागरिकसहित ७ जना बौद्धबाट पक्राउ

काठमाण्डौ – प्रहरीले काठमाण्डौ महानगरपालिका–६ बौद्धबाट जुवा खेलाउने चिनियाँ नागरिकसहित सात जनालाई पक्राउ गरेको छ । बौद्धमा रहेको पुष्पा लामाको घरको दोस्रो तल्लामा जुवा खेलिरहेको अवस्थामा चिनियाँ, भारतीय र नेपाली नागरिक गरी सात जनालाई पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा जुवा खेलाउने चीनको सिचुवान प्रान्त घर भएका ४५ वर्षीय विई चुनलिन, चीनको तिब्बतको आम्दो घर भएका २४ वर्षीय सोनाम तामाङ, तिब्बतको ल्हासा घर भएका ३० वर्षीय नोर्बु साम्देन, तिब्बतको सिगाचे घर भएका २७ वर्षीय दासाङ, भारतको बिहार घर भएका जाम्पा खेदुप रहेका छन् ।

यस्तै काठमाण्डौ महानगरपालिका–६ सिमलटार बस्ने २८ वर्षीय तेन्जिङ नोर्बु शेर्पा र सिन्धुपाल्चोकको पाँचपोखरी घर भई काठमाण्डौ–६ तिनचुली बस्ने ३५ वर्षीय लोप्साङ लामालाई पनि पक्राउ परेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उनीहरूको साथबाट जुवा खेल्ने उपकरण एक थान, १२ लाख एक हजार रुपैयाँ, तीन हजार एक सय चिनिया युआन, दुई हजार अमेरिकी डलर र विभिन्न कम्पनीको मोबाइल सात थान बराबद गरेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : राष्ट्रिय

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode