Hikmat Acharya
  • १२ वैशाख २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरबाट कुखुराको चल्ला लगायतका सामान बरामद


कञ्चनपुर– कञ्चनपुरबाट कुखुराको चल्ला लगायत अन्य भन्सार छलीका सामान बरामद गरिएको छ ।

कञ्चनपुरको बिभिन्न स्थान पुनर्वास नगरपालिका–६ “ङ” गाउँ र बेलौरी नगरपालिका–५ रामनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३४ हजार ६ सय मूल्य बराबरका सामान बरामद गरिएको हो ।

उक्त मूल्य बराबरको पेय पदार्थ, बिडी, सुर्ती, अण्डा, सुटपिस, कुखुराको चल्ला लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode