बैतडी केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प
	
				
			बैतडी– बैतडीमा भुकम्प गएको छ । जिल्लाको शिवलिंग आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिगं आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको छ ।
यसअघि गत असोज ४ गते धादिङको चैनपुर आसपास केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको थियो भने, असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ ।
क्याटेगोरी : सुदूरपश्चिम

				
				
				
				
				








प्रतिक्रिया