Hikmat Acharya
  • १७ मंसीर २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

डडेल्धुराकी एक महिलामाथी सामुहिक करणीपछि हत्या


धनगढी– धनगढीमा बस्दैे आएकी डडेल्धुराकी एक महिलाको करणीपछि हत्या भएको खुलेको छ ।

धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी ३१ वर्षीया बिमा थापामगरको जबरजस्ती करणीपछि हत्या भएको खुलेको हो ।

डडेल्धुराको अमगरगढी नगरपालिका–२ की थापामगरको २०८० मङ्सिर ६ गते धनगढी–६ स्थित सरश्वती सामुदायीक वनमा शव फेला परेको थियो ।
सो घटनाको ११ महिनापछि जिल्ला प्रहरी कार्यालय कैलालीले मुख्य अभियुक्तलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

सो घटनाका २ जना अभियुक्त पक्राउ गरि सार्वजनिक गरेको हो ।

मुख्य अभियुक्त धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय जनक देउवा र सोही ठाउँका २८ वर्षीय संजीव चौधरीलाई पक्राउ गरि आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलन राख्दै जिल्ला प्रहरी कार्यालय कैलालीले अभियुक्त दुवै जना चौधरी र देउवालाई सार्वजनिक गरेको हो ।

 

कसरी भयो घटना

कैलाली प्रहरीका अनुसार, २०८० कात्तिक २९ गते बुधवार राति मुस्कान भन्ने बिमा थापा मगरलाई जनक देउवाको घरमा बोलाइएको थियो ।

देउवा र चौधरी दवै जनाले उनीमाथि लागुऔषध सेवन गर्दै शारिरिक सम्बन्ध समेत राखेका थिए ।

लागुऔषध सेवन गर्दै दुवै जनाले बिमासंग पालैपालो शारीरिक सम्बन्ध राखेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

शारिक सम्बन्धसंगै उनीहरुले बिमालाई कुटपिट समेत गरेका थिए ।

कुटपिटबाट बेहोस भएकी थापा मगरलाई अर्कोदिन देउवा र चौधरीले स्कुटरमा राखेर सरस्वती सामुदायिक वनमा फालिदिए ।

उनीहरूले लागुऔषधबाट मृत्यु भएको देखाउने उद्देश्यले घटनास्थलमा लागुलागुऔषधका पाकेटसमेत छोडेको अनुसन्धानबाट खुलेको छ ।

मृतक थापामगरको मोबाईल भने प्रतिवादी मध्येका संजिव चौधरीले घरमा ल्याएका थिए । सडेगलेको अवस्थामा मृतक थापाको शव जंगलमा फेला परेको थियो ।

शवसंग फोन नभेटिँदा घटना मोडियो

थापामगरको शव भेटिएपनि घटनास्थलमा उनको फोन भने भेटिएन । साथीहरुमार्फत बिमासंग फोन रहेको सूचना प्रहरीकहाँ आए पनि घटनास्थलमा फोन नभेटिँदा सो घटना मोडिएको थियो ।

लामो समयसम्म प्रयोगमा नआएको उक्त फोनमा २ वटा सिम पछि मात्र प्रयोग भएपछि प्रहरीले घटनामा नयाँ अनुसन्धान थालेको थियो ।

प्रहरीले फोनको आइएमइआइ (IMEI) विवरणको अनुसन्धानबाट धनगढी–५ को कृष्णबहादुर चौधरीको नाममा रहेका सिमहरू उक्त फोनमा प्रयोग हुँदै आएको पाइएको थियो ।

संजीव चौधरीकी श्रीमतीसँग फोन फेला परेको प्रहरीले जनाएको छ । सो घटनापछि संजीव भने भारत गएका थिए । तर, प्रहरीले चौधरीलाई २०८१ असोज ५ गते त्रिनगर सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

श्रीमतीलाई समेत भारत लैजान भनि आएका चौधरीलाई कैलाली प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।

उनी पक्राउ परेपछि घटनाका मुख्य योजनाकार र घटनामा मुख्य आरोपित देउवाको विषयमा खुलेको थियो ।

भारतीय प्रहरीको सहयोगमा चौधरीलाई त्रिनगर सिमानाकाबाट नियन्त्रणमा लिएपछि देउवा घरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बताउनुभयो ।

उनीहरूको विरुद्धमा कर्तव्य ज्यान शीर्षकमा मुद्दा चलाउने कैलाली प्रहरीले जनाएको छ । देउवा, चौधरी र मृतक बिमा थापामगर तीनै जना लागुऔषध सेवनकर्ता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode