Hikmat Acharya
  • ११ चैत्र २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

धनगढी विमानस्थलमा ढलेर एक जनाको मृत्यु


धनगढी– धनगढी विमानस्थलमा ढलेर एक जनाको मृत्यु भएको छ ।

शनिबार साँझ धनगढीदेखि काठमाडौँ जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा गोदावरी नगरपालिका–२ का ५० वर्षीय शेरबहादुर बोहरा ढलेका थिए ।

ढलेर बेहोस भएका उनलाई माया मेट्रो अस्पताल पुगाइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बताउनुभयो ।

उनको ह्रदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ ।

बोहराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode