अछाममा एक महिला मृत फेला परेकी छिन् ।
अछाम जिल्लाको चौरपाटी गाउँपालिका–१ श्रीपालि बस्ने २२ वर्षीया काली साउद मृत फेला परेकी प्रहरीले बताएको छ ।
उनी आफ्नै घर भित्र मंगलबार मृत अवस्थामा फेला परेकी प्रहरीले बताएको हो । करिव साढे २ बर्ष अघि बिबाह भएकी मृतक साउदका श्रीमान ६ महिना अघि भारत गएका र श्रीमान आएको ४/५ दिनमै उनी मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
मृतकलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको इलाका प्रहरी कार्यालय चौरपाटीका प्रहरी निरीक्षक लालसिंह विष्टले बताएका छन् ।
उनले यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

बि.क रेडियो बान्नीगढीमा समाचार प्रस्तोताको रुपमा कार्यरत छन् । उनले समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया