Hikmat Acharya
  • १८ कात्तिक २०८१, आईतबार
  • काठमाडौं
Paschim Raibar

गठबन्धन संस्कृतिका कारण कांग्रेसले चितवनमा  पीडा भोगेको कांग्रेस महामन्त्री थापाको दावि


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले निर्वाचन अगाडि हुने गठबन्धनका कारण कांग्रेसले चितवनमा धेरै पीडा भोग्नुपरेको बताएका छन् ।

कांग्रेसको चितवन जिल्ला समितिले १११औं बीपी जयन्तीका अवसरमा आयोजना गरेको कार्यकममा उनले कांग्रेसलाई चुनाव अगाडिको गठबन्धनबाट बाहिर निकाल्न कांग्रेस चितवनले पीडासँगै प्रेरणासमेत दिएको बताए ।

 

चितवनमा कांग्रेसले उठाएको आवाज नै पार्टीको महासमिति बैठकबाट औपचारिक दस्ताबेज बन्न सकेको महामन्त्री थापाले बताए । चुनाव जित्दैमा वा सरकार बनाउँदैमा वा प्रधानमन्त्री हुँदैमा सबैथोक हो भनेर बुझ्ने कुरा बीपी कोइरालाको भावना र विचार भन्दा बाहिर रहेको भन्दै महामन्तर थापाले भने, ‘प्रधानमन्त्री हुने कुरा नै सबैथोक हो भन्ने बीपीलाई लागेको भए उहाँले राजालाई एउटा निवेदन मात्रै हालेको भए पुगेको थियो नि ।’

कांग्रेसले आगामी निर्वाचनमा आफ्नो चुनाव चिह्नबाहेक अरुमा भोट हाल्न नलगाउने पनि थापाले बताए । आगामी निर्वाचन एक्लै लड्ने भएपछि सोही अनुसारको पार्टी संगठन बनाउन लाग्नुपर्ने तर्क गर्दै उनले आफ्नै पार्टीका साथीहरुसँग जुध्न खर्च गरेको ९० प्रतिशत सय पार्टी बनाउन लाग्नुपर्ने धारणा राखे । दलभित्र पद वा जिम्मेवारी लिनका लागि प्रतिस्पर्धा स्वभाविक भए पनि त्यसलाई इगो बनाउन नहुने महामन्त्री थापाको भनाइ छ ।

 

कांग्रेस केन्द्रीय सदस्य एवम् स्वास्थ्यमन्त्री प्रदिप पौडेलले आगामी निर्वाचनमा एक्लै लड्न संगठनात्मक र भावनात्मक एकता बलियो बनाउनुपर्ने बताए ।

 


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode