Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

बिन्द्यावासिनी माध्यामिक बिध्यालय दर्नाको ४९ औं अभिभावक भेला सम्पन्न


बिन्द्यावासिनी माध्यामिक बिध्यालय दर्नाको ४९ औं अभिभावक भेला सम्पन्न

बिन्द्यावासिनी माध्यामिक बिध्यालय दर्नाको ४९ औं अभिभावक भेला सम्पन्न भएको छ ।

शिक्षक अभिभावक सघ समितीका अध्यक्ष निर्प बहादुर कठायतको अध्यक्षतामा भएको अभिभावक भेलाका प्रमुख अतिथी बान्निगढी जयगढ गाउपालिकाका अध्यक्ष टेक बहादुर रहेका थिए ।

प्रमुख अतिथीको रुपमा बोल्दै अध्यक्ष साउदले बिन्ध्यवासिनी माध्यामिक बिद्यालयमा शैक्षिक क्षेत्रलाई अगाडि बढाउनको लागि आम अभिभावक अग्रसर हुन आग्रह गरे ।

अब आउने दिनमा गुणस्तरीय शिक्षा हासिल गर्न सबै क्षेत्रबाट हयोग चाहिने उनले उल्लेख गरे । बिद्यालयलाइ १२ कक्षा सम्म बनाउने पहल भैरहेको पनि उनले बताए ।

कार्यक्रममा बिशिस्ट अतिथि बान्निगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्द रावल रहेकी थिईन् । उपाध्यक्ष रावलले बिद्यालयको शैक्षिक भौतिक आर्थिक रुपमा सम्पन्न गर्नको लागि आम सरोकारवाला एकजुट हुनुपर्ने बताईन् ।

बिद्यालयको गुणस्तरीय शिक्षाको लागि बान्निगढी सरकार पछि नहट्ने प्रतिबद्धत्ता समेत उनले ब्यक्त गरिन् । कार्यक्रमका अन्य अतिथिहरुमा वडा नम्बर ६ का अध्यक्ष जगत थापा ५ का वडा अध्यक्ष टंक साँउद लगाएत रहेका थिए ।

आर्थिक बर्ष २०७८/०८९ को १ करोड ७२ लाख ७५ हजार २ सय ६४ रुपैया ९३ को आय ५६ लाख ९७ हजार ४ सय ८८ रुपैया २७ पैसाको ब्याय सहितको प्रतिवेदन प्रस्तुत गरिएको छ ।

विद्यालयमा ४९ औँ अभिभावक भेलाको अवसरमा २५ हजारको अक्षयकोषको स्थापना पनि गरिएको छ । स्थानिय गणेश बहादुर साउदले आफ्ना स्वर्गीय बुवा जित बहादुर साउदको सम्झनामा अक्षयकोषको स्थापना गरेका हुन् ।


क्याटेगोरी : शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode