मेल्लेखमा पस्यो अख्तियार : सडक कालोपत्रे देखी दर्जनौँ उजुरीको अनुसन्धान हुँदै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेल्लेख गाउँपालिकामा अनुसन्धान सुरु गरेका छ ।
गाउँपालिकासँग सम्बन्धित बिभिन्न उजुरीमाथि अख्तियारले अनुसन्धान सुरु गरेको हो ।
मेल्लेख गाउँपालिकामा निर्माण भईरहेको नन्देगडा दुपाल्त मेल्लेख क कालोपत्रे योजनादेखि दर्जनौँ योजनाको अख्तियारले अनुसन्धान सुरु गरेको बताईएको छ ।
स्रोतका अनुसार गाउँपालिकालाई कुनै जानकारी नदिई गएको शुक्रवारदेखी २ दिनसम्म गाउँपालिकाका बिभिन्न योजनाको टोलीले गोप्य अनुसन्धान गरेको थियो ।
सडक कालोपत्रेका क्रममा कमसल सामाग्री प्रयोग भएको सम्झौतामा उल्लेख भए बमोजिम काम नभएको भन्दै उजुरी परेको र अन्य बिभिन्न योजनाका बिषयमा समेत अख्तियारमा उजी रेका छन् ।मेल्लेख गाउँपालिकाबाट मात्रै २ दर्जन बढी उजुरी परेको गाउँपालिका निकट स्रोतले बताएको छ ।
केहि योजनाबारे आशङ्काका आधारमा उजुरी परे पनि अधिकांश उजुरी प्रतिशोध साध्ने उद्देश्यले हालिएको गाउँपालिकाको दाबी छ । गाउँपालिकाका बिभिन्न योजना कार्यान्वयनको स्थलगत अनुगमन गरेको अख्तियारको टोलीले तिँ योजनासँग सम्बन्धित कागजात मगाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्ाल महेन्द्रनगरको पत्रानुसार माग गरिएका कागजात उपलब्ध गराइएको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले बताएका छन् ।
गाउँपालिकामा संचालित बिभिन्न योजनको स्थलगत अनुगमन गरेको अख्तियारको टोलीले कागजात अध्ययन पश्चात् अनुसन्धानका आधारमा आवश्यक प्रक्रिया अगाडी बढाउने बताइएको छ ।
मेल्लेख गाउँपालिकाको गौरवको आयोजना नन्देगडा दुपाल्त मेल्लेख सडक कालोपत्र यजनाा निर्माण कम्पनीले कमसल सामाग्री प्रयोग गरेको भन्दै सामाजिक संजालमा आलोचना हुँदै आएको थियो ।
अख्तियारको टोलीले स्थलगत अनुसन्धान गरिसकेकाले यस सम्बन्धमा निष्पक्ष छानबिन हुने स्थानीयको विश्वास छ ।
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया