देउवा भौतिक र शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा प्रकाश देउवा र आर्थिक मामिलामन्त्रीमा नरेशबहादुर शाही नियुक्त भएका छन्। आज दुबै जना मन्त्रीमा नियुक्त भएका हुन्।
एकीकृत समाजवादी बाट शाही आर्थिक मामिलामन्त्रीमा नियुक्त भएा छन्। उनलाई मन्त्री बनाउने एकीकृत समाजवादीले निर्णय गरेको थियो। शाही बाजुराबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।
नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीसहित नेकपा एसका शाही र कांग्रेसका देउवालाई मन्त्रीको शपथ गराए।
देउवा कांग्रेस सभापति शेरबहादुर देउवाका भतिज हुन्। शाही आर्थिक मामिला र देउवा भौतिक पूर्ाधारमन्त्री बनेका हुन्।
नेकपा ९एमाले०बाट मुख्यमन्त्री भएका राजेन्द्र रावलले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख जोशीले शाहलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

बि.क रेडियो बान्नीगढीमा समाचार प्रस्तोताको रुपमा कार्यरत छन् । उनले समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : सुदूरपश्चिम










 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया