लेखा समितिद्वारा सुन तस्करीको छानबिन गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक क्वीन्टल तस्करीको सुन भित्रिएको विषयमा निष्पक्ष छानबिनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
समितिको आइतबार बसेको बैठकले सुन तसकरीबारे सरकारको ध्यानकर्षण गराएको हो । जेष्ठ सदस्यको हैसियतमा समितिको बैठकको सभापतित्व गरिरहनु भएका सांसद अर्जुन नरसिंह केसीले सुन प्रकरणबारे छानविनका लागि समति बनाउने बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।
बैठकमा विभिन्न दलका सांसदहरूले सुन तस्करीको विषयमा छानबिन समिति बनाउन माग गरेका थिए । साउन ३ गते विमान स्थलको भन्सार कार्यालयबाट सो परिमाणको सुन बाहिरिदै गरेको अवस्थामा राश्व अनुसन्धान विभागले टोलीले पक्राउ गरेको थियो ।
यसबारे अनुसन्धान भइरहेको छ । तर बिभिन्न ब्यक्तिलाई पक्राउ गरेपनि प्रहरीले सुन भित्र्याउने मुख्य व्यक्ति भने पत्ता लगाउन सकेको छैन ।
क्याटेगोरी : अपराध, राजनीति, समाचार
प्रतिक्रिया