कञ्चनपुरमा एक जनाको करेन्ट लागेर मृत्यु

कञ्चनपुर– कञ्चनपुरमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्लाको बेदकोट नगरपालिका–१ का ५५ वर्षीय टेकबहादुर मल्लको करेन्ट लागेर शनिवार बिहान मृत्यु भएको हो ।
उनलाई सोही पालिका–१ चम्फापुर राडाहामा रूखको हाँगा काट्ने क्रममा हाँगा विजुलीको तारमा खसेर तार चुडिँदा करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया