Hikmat Acharya
  • ११ चैत्र २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

धनगढीमा हायसको ठक्करबाट घाइते भएका देउडा प्रतिष्ठानका अध्यक्ष बोगटीको निधन


धनगढी – देउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीको निधन भएको छ । बोगटीको उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा निधन भएको हो ।

कैलाली प्रहरीका अनुसार भदौ ३१ गते राति हायसले ठक्कर दिदा घाइते भएका उनको बिहिवार दिउसो निधन भएको छ ।

धनगढी उपमहानगरपालिका–६ जालीमा ०१ ०००१ ज १५२८ नम्बरको हायसले उनलाई ठक्कर दिएको थियो । उनको टाउकोमा चोट लागेको थियो ।

ठक्कर दिने हायसका चालक प्रहरीको नियन्त्रणमा छन् । बोगटी नेपाल प्रहरीको अवकाश प्राप्त सहायक प्रहरी निरीक्षक (सई) पनि हुन् ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode