Techie IT
  • २६ मंसीर २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले ऐतिहासिक जीत


दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले ऐतिहासिक जीत

दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले ऐतिहासिक जीत हात पारेको छ । अफगानिस्ताने अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकालाई पहिलो पटक हराएको हो । योसँगै अफगानिस्तानले अन्तर्राष्ट्रिय क् भारतबाहेक सबै पूर्ण सदस्य टोलीलाई पराजित गरेको छ ।

यूएईको शारजाह क्रिकेट स्टेडियममा गएराति भएको खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ६ विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको १ सय ७ रनको लक्ष्य अफगानिस्तानले २६ ओभरमा ४ विकेट गुमाएर भेटायो । अफगानिस्तानका गुलबदिन नइबले नटआउट ३४ र अजमतुल्लाह ओमरजाईले नटआउट २५ रन बनाए । दक्षिण अफ्रिकाका बिजोर्न फर्टुनले २ विकेट लिए ।

त्यसअि ट जितेर को दक्षिण अफ्रिका ३३ ओभर ३ बलमा १ सय ६ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका वायन मुल्डेरले सर्वाधिक ५२ रन बनाए । अफगानिस्तानका फजलहक फरूकीले ४ विकेट लिए ।

अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको ३ खेलको एकदिवसीय शृङ्खलाको दोस्रो खेल भोलि र अन्तिम खेल आउँदो आइतवार हुनेछ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode