कैलाली कारागारभित्र एक जनाको रहस्यमय मृत्यु

कैलाली– कैलाली कारागारभित्र एक कैदीबन्दीको मृत्यु भएको छ । सोमबार जिल्लाको घोडाघोडी नगरपालिका–७ का २२ वर्षीय दिपक विकको मृत्यु भएको हो ।
उनी जरबजस्ती करणीमा दोषी ठहर भएर कारागार चलान भएका थिए । तर उनको कारागारभित्रै रहस्यमय रुपम भएको छ । उनलाई कुटीकुटी मारेको आरोप समेत लागेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले शौचालयमा ढलेर मृत्यु भएको दाबी गरे पनि विकलाई कुटीकुटी मारेको आरोप लागेको छ ।
भूपेन्द्र बडुवालको हत्यामा संलग्न तर जिल्ला कारागारभित्रै कैदीबन्दीको रुपमा रहेकाहरुले विकको कुटीकुटी हत्या गरेको विषय बाहिर आएको छ ।
जिल्ला कारागारभित्र कैदीजीवन विताइरहेका एक कैदीले भने, ‘विकलाई कुटीकुटी मारिएको ो कारागारभित्र गुण्डाराज छ ।
बडुवाल हत्यामा संलग्नहरुले कारागारभित्र छानीछानी कुट्ने गरेका छन् । कारागारभित्र अशोक रावल लगायतको टीमले गुण्डागर्दी गर्दै आएका छन् ।’
कारागारका कैदीबन्दीले दिएको सूचना अनुसासार उनीहरु राति मात्र कारागारभित्र हुन्छन दिनभरी घुम्ने गरेका छन् । खुलमखुला मोबाइल चलाउनेदेखि भित्रै रक्सी समेत सेवन गर्ने गरेका छन् । यो कार्यको कसैले विरोध गरे त्यसलई अशोक ाव ल टीमले कुटपिट गर्ने गरेको छ ।
ती कैदीबन्दीले भनेका छन, ‘खाना नराम्रो भयो भन्ने उजुरी गरेपछि घोडाघोडी नगरपालिका–७ का जेलजीवन बिताइरहेका दिपक विकलाई अशोक रावल लगायत १९ जनाको समुहले कुटपिट गरी मारेको हो । कुटपिट गरेर केही मान्छे घाइते समेत भएका छन् । करेन्ट पनि लागाइने गरिएको छ । सबै कैदी उनीहरुको विपक्षमा छन् ।
कैदीबाट पैसा उठाउने तथा विभिन्न कार्य गर्ने, अशोक रवल लगयत ९ जना ाहि जाेआन र ेाई पैसा दिने अनि रक्सी गाँजा लगायत मगाउने गरिएको छ ।
कैदीलाई अशोक समुहले कुटपीट गर्ने, अशोकले पाइपदेखि लिएर सबै हातहतियार समेतभित्र राखेको, फोन पनि बोकेको, भिडियो कल गर्ने लगायत कार्य गर्ने, चुरो, गाजा, रक्सी सबै खाने, पैसा दिएर पुलिसलाई ल्याउन लगाउने, सधै बाहिर जाने दिनभर बाहीर घुम्ने र साँझ कारागार आउने कार्य भइरहेको छ ।’
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया