Hikmat Acharya
  • १८ कात्तिक २०८१, आईतबार
  • काठमाडौं
Paschim Raibar

प्रेमीकाले धोका दिएपछि कैलालीबाट झापा पुगेर युवकले गरे आफनै प्रेमिका को हत्या


प्रेममा धोका पाएपछि कैलालीका एक युवकले प्रेमिकाको हत्या नै गरेका छन् ।

कैलालीबाट झापाको बिर्तामोड पुगेर युवकले प्रेमिकाको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

युवकले अन्धाधुन्ध छुरा प्रहार गरेर युवतीको हत्या गरेका न बिर्तामोडको महानन्द चौकमा शुक्रवार साँझ छुरा प्रहारबाट १९ वर्षीया मनिषा लोहारको मृत्यु भएको हो। लोहार इलामको सूर्योदय नगरपालिकाको फिक्कलकी हुन् ।

उनको हत्या आरोपमा कैलालीको गौरीगंगा नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लोहारलाई पटकपटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले नियत्रन्त्रणमा लिएर कुटपिट गरेको जिल्ला प्रहरी कारयल सूचना अधिकारी मेहघी तामाङले बताइ न् ।

कुटपिटबाट सामान्य घाइते भएका उनको मेची अस्पतालमा उपचार भइरहेको छ । उनको टाउँकोमा गम्भीर चोट लागेको छ । मादक पदार्थ सेवन गरेर प्रेमीकाको हत्या गरेको खुल्न आएको छ ।

प्रेममा धोका खाएपछि उनले कैलालीबाट आएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।  ‘प्रेममा धोका खाएपछि प्रेमिकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाको ,’ ून अिाी तामाङले भनिन, ‘अनुसन्धान जारी छ ।

अनिलले आफू बिर्तामोडतिर नै बस्ने गरेको दाबी गरे पनि उनी पहिलो पटक आएको अनुसन्धानले देखाएको सूचना अधिकारी तामाङले बताइन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode