Techie IT
  • २६ मंसीर २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

पूजाको प्रसाद खाँदा झापामा ५० जना भन्दा बढी बिरामी


पूजाको प्रसाद खाँदा झापामा ५० जना भन्दा बढी बिरामी

पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँ नै बिरामी परेको छ ।

अर्जुनधारा नगरपालिका–९ को खरबन्दी गाउँ नै बिरामी परेको हो । स्थानीय रीता निरौलाकोमा बुधबार पूजा लगाइएको थियो । पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाए । प्रसाद खाने सबै बिरामी परेको स्थानीय विद्या कटवालले जानकारी दिइन् ।

उनका अनुसार पूजा घरमा पुगेर प्रसाद खाने धेरै बिरामी छन् । घरमा ल्याएको प्रसाद खाने पनि बिरामी भएका छन् । अर्जुनधारा नगरपालिका–९ का वडा अध्यक्ष भिष्म मिश्रका अनुसार गाउँका स्थानीय र पूजाका लागि पाहुना आएका आफन्त गरी ५५÷६० जना बिरामी भएका छन् ।

बिरामीको स्थानीय क्लनिकमा उपचार भइरहेको छ । पुजाको प्रसादमा फुट ोइन हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए । बिरामीको स्थानीय दुई क्लिनकमा उपचार भइरहेको उनले जानकारी दिए ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode