Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

आर्मी विरुद्ध सुदूरपश्चिम प्रदेश १४–१ गोल को अन्तरले पराजित


आर्मी विरुद्ध सुदूरपश्चिम प्रदेश १४–१ गोल को अन्तरले  पराजित

एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई फराकिलो अन्तरले हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई १४–१ को अन्तरले हरायो ।

आर्मीका लागि दीपा शाहीले ५ गोल गरिन् । यस्तै अनिता लम्जेलले २ तथा बिमला चौधरी, हिमा चौधरी, चन्द्रा भण्डारी, सन्जु कुमाल, बिमला विक र सावित्रीदेवी भण्डारीले समान १ गोल गरे ।

आर्मीले १ गोल आत्मघाती पायो । यस्तै सुदूरपश्चिमले पनि १ गोल आत्मघाती पायो ।

यो जीतसँगै आर्मी ३ खेलमा ६ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । सुदूरपश्चिम भने ३ वटै खेल हार्दै तालिकाको पुछारमा छ ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode