Hikmat Acharya
  • ३० माघ २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

जिससमा पार्टीकी खत्रीलाई नोकरी दिन काँग्रेसले दिएको उर्दी पत्र ‘लिक’ !


अछाम । जिल्ला समन्वय समिति अछाममा एक महिलालाई कर्मचारी भर्ना गर्न नेपाली काँग्रेस अछामले गरेको सिफारिस पत्र सार्वजनिक भएको छ ।

जिल्ला समन्वय समिति अछाममा रिक्त रहेको कार्यालय सहयोगीमा नेपाली कांग्रेस समर्थक एक महिलालाई नियुक्त पार्टीका तर्फबाट सभापति पुष्प बहादुर शाहले गरेको सिफारिस पत्र सार्वजनिक भएको हो ।

२०८०।०८।२६ को मितिको नेपाली काँग्रेस अछामको पत्र मार्फत मंगलसैन नगरपालिका वडा नम्बर ५ कि बिनु खड्का खत्रीलाई समन्वय समितिको कार्यालयमा रिक्त रहेको कार्यालय सहयोगी पदमा नियुक्ति दिन सिफारिस गरिएको छ । सिफारिस गरिएकी खत्री नेपाली काँग्रेस समर्थक रहेको बताइन्छ ।

गएको वर्षको पत्र हाल सार्वजनिक ुनम भने समन्वय समिति प्रमुख ललित कुँवर र काँग्रेस अछामका सभापति तथा प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहबिच चुलिएको बिवाद नै कारक भएको देखिन्छ ।

सभापति शाह निकट मानिने कांग्रेस अछामका प्रवक्ता पदम बहादुर शाह र नेपाली काँग्रेसबाट निर्वाचित समन्वय प्रमुख कुँवरबिच समन्वय क्वाटरमा मदिरा पाटीका क्रममा बिवाद भई शाहले बोतल हिर्काउँदा कुँवर घाइते भएका थिए ।

उपचारका लागी काठमाडौँ हािएका ुँरल कह दिन पहिले मात्रै पार्टी सभापति शाह विरुद्ध विभिन्न आरोप सहित केन्द्रीय सभापति शेर बहादुर देउवा समक्ष लिखित उजुरी समेत पेश गरेका छन् ।

सोही विवादको बाछिट्टा स्वरूप यो सिफारिस पत्र ‘लिक’ भएको काँग्रेसबृत्तमा चर्चा छ ।


क्याटेगोरी : राजनीति, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode