डोटीमा भाइले कोदालो प्रहार गरी दाजुको हत्या गरे

डोटीमा भाइले कोदालो प्रहार गरी आफ्नै दाजुको हत्या गरेका छन् ।
जिल्लाको जोरायल गाउँपालिका–६ डाँडागाउँ का ५५ वर्षीय नरबहादुर जोराले आफ्नै दाजु गणेशबहादुर जोराको हत्या गरेको डीएसपी भिमलाल भट्टराइले बताए ।
नरबहादुरलाई प्रहरील सोव नियन्त्रणमा लिइसकेको छ । सोमवार दिउँसो ३ बजेको समयमा नरबहादुरले दाजु गणेशबहादुरको टाउकोमा कोदालो प्रहार गरेका थिए ।
घरायसी विवादपछि झगडा हुँदा भाइले कोदालो प्रहार गरेको र दाजुको घटनास्थलमै मृत्यु भएको पाइएको डीएसपी भट्टराईले बताए । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया