राष्ट्रवादी नेता रावल गृह जिल्लामा : यस्तो छ कार्यतालिका
नेकपा एमालेका नेता डा. भीम रावल गृह जिल्ला अछाम आइपुगेका छन् ।
जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन रावल सोमवार साँझ साँफेबगर आइपुगेका हुन । रावललाई गृह जिल्लामा कार्यकर्ता तथा समर्थकले स्वागत गरेका छन् ।
एमाले पूर्व उपध्यक्ष तथा पूर्व उप प्रधान तथा रक्षा मन्त्री रावलले भोली मङ्गलवार बिहान गैर सरकारी संस्था वाक नेपालको २७ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्ने कार्य तालिका रहेको छ ।
त्यस्तै उनी मङ्गलवार दिउसो मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडालाई स्थानीय बाल मैत्री स्थानीय शासन घोषणा कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन् ।
नेकपा एमालेको चितवन महाधिवेशनमा के.पी.शर्मा ओलीसँग अध्क्ष रावल हाल पार्टीमा भूमिका विहीन छन् ।
पार्टीमा रावललाई उचित स्थान दिनुपर्ने माग उठ्दै आए पनि पार्टी नेतृत्वले बेवास्ता गर्दै आएको छ ।
पछिल्लो समय पार्टीबारे विकल्प सोच्न बाध्य बनेको प्रतिक्रिया दिएका रावलको गृह जिल्ला भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम र रावलको आगामी तयारीका विषयमा धारण बुझ्न प्रेस चौतारी नेपाल अछामले मङ्गलवार बिहान साफबरा पत्रकार ेाट कार्यक्रम समेत आयोजना गरिएको प्रेस चौतारी नेपाल अछामका अध्यक्ष टेक बहादुर थापाले बताएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया