Hikmat Acharya
  • १७ मंसीर २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

काँग्रेस अछाममा रडाको : कांग्रेसका माननिय बिरुद्ध कांग्रेसकै समन्वय प्रमुखको उजुरी !


नेपाली काँग्रेस अछाम भित्रको विवाद पछिल्लो समय छताछुल्ल हुन थालेको छ ।

पार्टी सभापति तथा प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह निकट र इतर समूहबिचको भित्री विवाद छताछुल्ल हुन थालेको हो । यसै बिच जिल्ला पार्टी सभापति शाहविरुद्ध विभन आरोप सहित केन्द्रीय पार्टी सभापति शेर बहादुर देउवा समक्ष उजुरी परेको छ ।

नेपाली काँग्रेसबाट निर्वाचित जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुँवरले पार्टी सभापति शाहले पार्टी जिल्ला कोषको लाखौँ रकम हिनामिना गरेको, पार्टी कार्यालय निर्माणका लागी लालपुर्जा नभएको जग्गा खरिद गरी आर्थिक अपचलन गरेको लगायतका विषयमा छानबिनको माग गर्दै देउवा समक्ष निवेदन दिएका हुन् ।

केन्द्रीय सभपति देउवा समक्ष उजुरी गर्न समन्वय समिति प्रमुख सहित नेपाली काँग्रेस अछामका २ दर्जन बढी नेता उपस्थित भएका थिए । पार्टी सभापति देउवाले जिल्ला सभापति विरुद्धको उजुरी बुझ्दै आवश्यक छानबिन गरी दोषी उपर कारबाही गर्ने प्रतिबद्धता जनाएको एक नेताले बताए ।

तीँ नेताका अनुसार जिल्ला सभापति शाहले जिल्लामा गुट बिस्तार गर्न लागी परेको , आफू निकट बाहेकका पार्टी कार्यकर्तासँग समन्वय नगर्ने र नटे्ने गरेको विषयमा देउवा समक्ष जिल्लाका नेताले रिपोर्टिङ्ग गरेका थिए ।

यस्तो छ देउवा समक्ष पेस भएको उजुरी :-

साता दिन अघि मात्रै जिल्ला समन्वयको क्वाटरमा जाँड पार्टीका क्रममा नेपाली काँग्रेस अछामका परक बहादुर शाह र समन्वय प्रमुख कुँवरबिच हात हालाहाल भएको थियो ।

लफडाका क्रममा शाहले बोतल प्रहार गर्दा घाइते भएका कुँवर उपचारका लागी काठमाडौँ हानिएका थिए । पार्टी सभापति निकट मानिने प्रवक्ता शाहको आक्रमणबाट घाइते बनेपश्चात् जिल्ला पार्टी सभापति शाह विरुद्ध कुँवर थप क्रोधित बनेको काँग्रेस नेताहरू बताउँछन् ।

यो पनि पढ्नुहोस :

काँग्रेस प्रवक्ता शाहले बोतल हिर्काउँदा समन्वय प्रमुख कुँवर घाइते


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode