सहकारी ठगीमा धनराज गुरुङमाथि छानबिन गर्न रास्वपा सांसद पराजुलीको माग
नेपाली कांग्रेसका उपसभापति एवम् सांसद धनराज गुरुङ पनि सहकारीको बचत रकम हिनामिनामा मुछिएको भन्दै छानबिन गर्न संसद्मै आवाज उठेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले कांग्रेसका उपसभा गुरुङमाथि सहकारी ठगी गरेको उजुरी परेकाले छानबिन गर्ने कि नगर्ने भनेर प्रश्न गर्नुभएको हो ।
सांसद पराजुलीले मितेरी बचत तथा ऋण सहकारी संस्थाको १५ करोड रुपैयाँ रकम हिनामिनामा नेपाली कांग्रेसका सांसद धनराज गुरुङ र उहाँको श्रीमतीको नाम जोडिएको कुरा सञ्चारमाध्यममार्फत सार्वजनिक भएको बताउनुभयो ।
रास्वपाका सांसद पराजुलीले मितेरी सहकारीका अध्यक्षले नै सांसद धनराज गुरुङले ठी गेो दाबीसहित उजुरी दिएको भन्दै छानबिन गर्ने कि नगर्ने अनि छानबिनको माग गर्दै संसद्को बेल घेराउ गर्ने कि नगर्ने भनेर पनि प्रश्न गर्नुभयो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया