Hikmat Acharya
  • ६ जेठ २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

बालुवाटारमा सत्ता साझेदार दलको बैठक


सत्ता साझेदार दलहरूको बैठक अहिले बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष श राई, लोकतान्तिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरू सहभागी छन् ।

बैठकमा सरकारको कामको मूल्याङ्कन र न्यूनतम साझा कार्यक्रमबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हिजोको छलफलमा न्यूनतम साझा कार्यक्रम तय गर्न कांग्रेसबाट महामन्त्री गगन थापा र प्रकाशशरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रीप ज्ञवाली रिमाल सदस्य रहेको कार्यदल बनाउने सहमति भएको थियो ।

गएको असार ३१ गते गठन भएको सरकारमा कांग्रेस र एमालेसँगै जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् । सरकारलाई जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले पनि समर्थन गरेका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode