सत्ता साझेदार दलहरूको बैठक आज बस्दै

सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
सरकारको कामको मूल्यांकन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषय बस्न लागेको बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आइतबार साँझ प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले० का महासचिव शंकर पोखरेल, गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच बालुवाटारमा छलफल भएको थियो।
छलफलमा न्यूनतम साझा कार्यक्रम तय गर्न कांगरेबट महामन्त्री गगनकुमार थापा, प्रकाशशरण महत, एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदल बनाउने सहमति भएको छ।
त्यसलाई अन्तिम रूप दिन र सरकारको नीति कार्यक्रम र बजेटसमेत आइसकेको अवस्थामा न्यूनतम साझा कार्यक्रम कसरी तय गर्ने र सरकारको कामलाई कसरी गति दिने भन्ने विषयमा सत्ता साझेदार दलहरूबीच छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।
गत असार १७ गते कांग्रेस र एमालबी सात भएको थियो। त्यसैमा टेकेर ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन्।

अधिकारी पश्चिम रैवारको सह सम्पादक हुन् । रेडियो बान्नीगढीमा समाचार सम्पादक समेत रहेका उनले समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया