Hikmat Acharya
  • १७ मंसीर २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

धनगढीमा धारिलो हतियार प्रहारबाट ट्याङ्करका चालक र सहचालक घाइते


कैलालीको धनगढीमा अज्ञात समूहले इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकहरुमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएको छ ।

आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्याङ्कर चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ का २४ वर्षीय हरेन्द्र देउवा गोदावरी नगरपालिका–४ बस्ने २२ वर्षीय अनिल देउवा घाइते भएका छन् । उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

गएराति ११ः२० बजेको समयमा धनगढी उपमहानगरपालिका–२ रोडहाउस क्याफे नजिक ट्याङ्कर पार्किङ स्थलमा से ६ प ९३९७ नम्बरको बुलेट मोटरसाइकल र अल्फाबेट नखुलेको ३०३० नम्बरको मोटरसाइकलमा आएका व्यक्तिहरुले चक्कु प्रहार गरेका थिए ।

आक्रमणपछि मोटरसाइकलमा आएकाहरु भगेक र उनीहरुको ोी इहको प्रहरीले जनाएको छ । तर सोही घटनामा संलग्न अन्य दुई जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर विष्टका अनुसार ट्याङ्कर पार्किङको विषयमा दुई पक्षबीच विवाद हुँदा आक्रमण र तोडफोड भएको हो । ‘दुई जनालाई राति नियन्त्रणमा लिएका छौं । आज सोधपुछ गर्छौं अनि घटनाको कारण डिटेलमा खुल्ला, एसपी विष्टले भने ।

आक्रमकारीले परकङ र राखिएका चरवा टयाङ्करहरुमा पनि तोडफोड गरेका छन् । ना ८ ख १४२५, ना ४ ख ३९२०, ना ४ ख २९६५ र ना ६ ख ९४०६ नं।को ट्याङ्करहरुको अगाडिको सिसामा क्षति पुगेको छ ।

घटनास्थल त्रिनगर प्रहरी चौकीबाट करिब डेढ किलोमिटर उत्तरमा पर्दछ ।


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode