Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

मङ्गोलिया १० रनमै अल–आउट, टी–२० क्रिकेटमा कम स्कोरको रेकर्ड बराबरी


मङ्गोलिया १० रनमै अल–आउट, टी–२० क्रिकेटमा कम स्कोरको रेकर्ड बराबरी

सिङ्गापुरसँगको खेलमा १० रनमा अल–आउट हुँदै मङ्गोलियाले पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कम स्कोरको रेकर्ड बराबरी गरेको छ ।

आईसीसी पुरुष टी–२० विश्वकप एशिया छनोट ुएु अन्तर्गत मलेसियाको बाङ्गीमा भएको खेलमा मङ्गोलिया १० ओभरा १० रन बनाउँदा अल–आउट भएको हो । यसअघि सन् २०२३ मा स्पेनसँगको खेलमा आइल अफ म्यान १० रनमै अल–आउट हुँदा रेकर्ड बनेको थियो ।

मङ्गोलियाका दुई जना खेलाडीले सबैभन्दा धेरै समान २ रन बनाए भने पाँच जना खेलाडीले १ रन पनि जोड्न सकेनन् । मङ्गोलियालाई कम स्कोरमा रोक्न सिङ्गापुरका हर्ष भारद्वाजले ४ ओभरमा २ मेडन राख्दै ३ रन दिएर ६ विकेट लिए । यो पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो उत्कृष्ट बल प्रदर्शन हो । उत्कृष्ट बलिङको पहिलो नम्बरमा रहेका मलेसियाका स्याजरुल इद्रुसले ४ ओभरमा १ मेडन राख्दै ८ रन दिएर ७ विकेट लिएका छन् ।

मङ्गोलियाले दिएको ११ रनको सामान्य लक्ष्य सिङ्गापुरले १ विकेट गुमाएर ५ बलमा भेटायो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode