महालेखाको टोलि अछाममा : पालिकाहरुको लेखापरीक्षण जारी
 
	
				
			महालेखा परीक्षकको कार्यालयबाट हुने वार्षिक लेखा परीक्षणको काम अछाममा चलिरहेको छ ।
गएको आर्थिक वर्ष २०८०।८१ को लेखा परीक्षणको काम अछामका पालिकाहरूमा चलिरहेको हो ।
जस अनुसार महालेखा परीक्षकको कार्यालयबाट खटिएको टोलीले जिल्लाक क लेखा परीक्षणको काम पूरा गरेका छन् भने केहि पालिकामा चलिरहेको छ ।
महालेखा परीक्षकको कार्यालयका निर्देशक परशुराम न्यौपानेका अनुसार अछामका १० वटा पालिका र सरकारी कार्यालयको लेखा परीक्षणका लागि ३ वटा टोली खटाइएका छन् । परीक्षणको अन्तिम प्रतिवेदन चैत्र मसान्त भित्र प्रकाशित गर्ने गरि काम भईरहेको उनको भनाइ छ ।
ढकारी,मेल्लेख,मंगलसैन,कमलबजार, पञ्चदेवल विनायक,बान्नीगढी जगढमा लेखा रकष करय पूरा भइसक्दा चौरपाटी र तुर्माखादमा चलिरहेको छ । भने रामारोशन र साँफेबगरमा केही दिनमा चल्नेछ ।
महालेखा परीक्षकको कार्यालयले पालिकाहरूको स्रोत साधनको प्राप्ति उपयोग तथा सो बाट प्राप्त उपलब्धिको परीक्षण मूल्याङ्कन गर्ने क्रममा लेखा परीक्षणलाई सघाउ पुग्ने गरी कुनै जानकारी, सूचना, विवरण, प्रमाण वा सिकायत भएमा उपलब्ध गराउन समेत आह्वान गरेको छ ।
लेखा परीक्षणको ोली वा मल फोन न्बका ाधयमाट यस्तो सूचना दिन सकिने भएको छ ।
२०१६ सालमा स्थापना गरिएको महालेखा परीक्षकको कार्यालय लेखा परीक्षण गर्ने मुलुकको सर्वोच्च संवैधानिक निकाय हो ।
यसले हरेक वर्ष मुलुकका सबै सरकारी निकायको लेखा परीक्षण गरी यसको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्दछ ।
महालेखा परीक्षकको कार्यालयले बेरुजु नहुने गरी खर्च गर्न पनि सम्बन्धित निकायलाई सचेत गराउँदै आएको छ ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पश्चिम खोज, पालिका, समाचार, सुदूरपश्चिम










 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया