Hikmat Acharya
  • २४ भदौ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

डडेल्धुरामा बाख्रा चराउन गएका एक पुरुष मृत फेला


डडेल्धुरामा बाख्रा चराउन गएका एक पुरुष मृत फेला परेका छन् ।

जिल्लाको परशुराम नगरपालिका–१० बागथलीका ४० वर्षीय अम्मरबहादुर विष्ट आज बिहान मृत फेला परेका हुन् ।

विष्ट आइतबार बाख्रा चराउने क्रममा नजिकैको जंगमा गएका थिए। वर्षासँगै परेको चट्याङ लागेर उनको मृत्यु भएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

विष्टको शव पोष्टमार्टमका लागि जोगबुढा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode