गायक प्रकाश तिमिल्सिनाको निधन
गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ ।
हिजो बेलुका ललितपुरको भैँसेपाटी डेरामा अचेत अवस्थामा भेटिएका उहाँलाई परिवारका सदस्य र आफन्तले तत्काल पाटन अस्पताल पुर्याएका थिए । तर डाक्टरले मृत घोषणा गरे ।
तिमिल्सिनाको शव अहिले बिहान सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने सङ्गीतकार चेतन सापकोटाले जानकारी दिनुभयो ।
तिमिल्सिनाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन् । सुनसरीका स्थायी बासिन्दा तिमिल्सिना गायन प्रतियोगिता नेपाली ताराु मार्फत सङ्गीत क्षेत्रमा उदाउनुभएको थियो ।
उहाँका प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊु, तिम्रो हातको सिन्दूरु, नमान लाज यसरीु, तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिंडे म नआए नि हुन्थ्योु लगायतका गीत छन् । उहाँले बाल्यकालमै आँखाको ज्योति गुमाउनुभएको थियो ।
गायक तिमिल्सिनाको निधनमा सङ्गीतकर्मी, शुभेच्छुक, सर्वसाधारणलगायतले सामाजिक सञ्जालमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
सङ्गीतकर्मी टीका भण्डारीले कोशीमा बाढी आउँदा २०४५ सालमा तिमी बाँच्यौं अनि नेपाली सङ्गीतमा धेरै गर्यौु भनेर लेख्नुभएको छ । भण्डारीका अनुसार यो घटना हुँदा तिमिल्सिना नौ महिनाको हुनुहुन्थ्यो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया