नुवाकोटमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

नुवाकोटमा हेलिकप्टर दुर्घटनामा परेको छ। काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा हेलिकप्टरमा सवार ४ जनाको मृत्यु भएको छ ।
हेलिकप्टर बुधबार दिउँो १ बजेर ५४ मिनेटमा काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको खुलेको छ। नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएको जनाएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका १ स्थित गुर्जेमा भएको दुर्घटनामा ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य सुरु भइसकेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया