मेल्लेख गाउँपालिका
सरकारी बाइकमा वडाध्यक्ष पुत्रको मस्ती र ओसारपसारमा भाडा असुलीको आरोप
मेल्लेख गाउँपालिकामा सरकारी बाइकको मनपरी प्रयोगदेखी मान्छे ओसार पसार गरेर भाडा असुल्ने गरिएको आरोप लागेको छ ।
गाउँपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष दिल बहादुर धामीले सरकारी मोटरसाइकल दुरुपयोगदेखि वडा अध्यक्ष पुत्रले मान्छे ओसार पसार गरेर भाडा समेत असुल्ने गरेको आरोप लागेको हो ।
वडाको सु प प ०३–००१ ब ००४५ नम्बरको मोटरसाइकल वडा अध्यक्ष पुत्रले मनपरी रुपमा चलाउनुका साथै मान्छे ओसारपसार गरि भाडा असुल्ने गरेको स्रोतको दाबी छ ।
पश्चिम रैवारलाई प्राप्त एक अडियोमा वडा अध्यक्ष धामीका पुत्रले एक छिमेकीलाई साँफेबगर पुर्याए बाफत २ हजार रुपैयाँ बुझाएको बिषयमा कुराकानी भएको सुनिन्छ ।
वडा अध्यक्ष धामीले भने मोटरसाइकल दुरुपयोग र भाडा असुलीको आरोप अस्वीकार गर्दै आएका छन् ।
आफूलाई बदनाम गराउने उद्देश्यले बिभिन्न आरोप लगाउने गरिएको दाबी गर्दै उनले सरकारी मोटरसाइकल दुरुपयोग र भाडा असुलीको प्रमाण पेश गर्न चुनौती दिए ।
विश्वस्त स्रोतका अनुसार भने वडाको सरकारी मोटरसाइकल अधिकांश समय वडा अध्यक्ष पुत्रको नियन्त्रणमा हुनुका साथै उनले मनपरी ढंगले कुदाइरहन्छन् ।
क्याटेगोरी : पश्चिम खोज, पालिका
प्रतिक्रिया