कैलालीमा सर्पले डसेर दुई महिला घाइते
कैलालीमा सर्पले डसेर दुई महिला घाइते भएका छन् ।
जिल्लाको जोशीपुर गाउँपालिका–५ की ४० वर्षीया धन्सरा नेपाली सर्पले डसेर घाइते भएकी हुन ।
उनलाई घरनजिकै सर्पले डसेको होे। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै लम्कचु की ४१ वर्षीया अमृता आलेमगर पनि सर्पले डसेर घाइते भएकी छन् ।
उनलाई मंगलवार राति सुतेको बेला सर्पले डसेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ । घाइते दुबै जनाको अवस्था गम्भीर रहेको छ।

क्याटेगोरी : सुदूरपश्चिम






प्रतिक्रिया