Techie IT
  • २८ मंसीर २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

चालू आवमा बान्नीगढीमा कुल बजेटको ८० प्रतिशत बजेट खर्च


चालू आवमा बान्नीगढीमा कुल बजेटको ८० प्रतिशत बजेट खर्च

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा यस आर्थिक वर्षमा कुल बजेटमध्ये ८० दशमलव ४९ प्रतिशत बजेट खर्च गरेको छ ।

चालु र पुँजीगत गरि गाउँपालिकाले समग्रमा ८०.४९ प्रतिशत वित्तीय प्रगति गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले चालुतर ८३. दशमलव १५ प्रतिशत र पुँजीगत तर्फ ७१. दशमलव ४७ प्रतिशत प्रगति हासिल गरेको जानकारी गराएको छ ।

गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर रावल र लेखा अधिकृत नारद प्रसाद खनालले एक विज्ञप्ति जारी गर्दै चालु आर्थिक वर्ष २०८०/८१ को सम्पूर्ण खर्च तथा भुक्तानी सम्बन्धी लेखांकन कार्य बन्द भएको र चालु आर्थिक वर्षको वित्तीय प्रगति ८०.४९ प्रतिशत खर्च भएको उल्लेख गरेका छन् ।

समवार विवरण सार्वजनिक गर्दै उनीहरूले चालु आर्थिक बर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र वार्षिक बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग गर्ने जनप्रतिनिधि कर्मचारी तथा सरोकारवाला सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।


क्याटेगोरी : अर्थ-वाणिज्य, पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode