Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

साथीको सम्झनामा बिरामीलाई फलफूल वितरण गरि कुँवरले मनाए जन्मदिन


साँफेबगर नगरपालिका –४ निवासी समाजसेवी युवा तथा तरुण दल साँफेबगर नगर कमिटी अध्यक्ष सुदिप कुँवरले बयालपाटा अस्पतालका १०० जना बिरामीहरूलाई फलफूल वितरण गरेर साथी प्रज्वल शाहको सम्झना स्वरूप जन्मदिन मनाएका छन् ।

स्वर्गीय साथीलाई सम्झँदै फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरेर सानो सहयोग गरेको कुँवर बताउँछन् ।

समाजसेवी कुँवरले विगत ४ वर्ष देखि साथीको जन्म उत्सवमा सम्झना स्वरूप विभिन्न सामाजिक काम गर्दै आएका छन् । उनीले यस अघिको जन्म उत्सवमा साँफेबगर स्थित बैजनाथ आश्रमका २६ जना बटुकहरूलाई किताब, कापी डटपेन वितरण गरेका थिए ।

फलफूल वितरण कार्यक्रममा समाजसेवी राजन कुँवर, नेविसंघका केन्द्रीय सदस्य सुशील कुँवर, उमेश कुँवर लगायत अन्यको सहभागिता रहेको थियो ।


क्याटेगोरी : टापनटिपन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode