Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बझाङमा हिउँमा चिप्लेर एक युवकको मृत्यु


बझाङमा हिउँमा चिप्लेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको सुर्मा गाउँपालिका–५ सैनगाउँका करिब ३२ वर्षीय दिपेन्द्र बोहराको हिउँमा चिप्लेर बिहीबार बिहान मृत्यु भएको हो ।

बुधबार श्रीमतिसहित यार्सा संकलनका लागि घरबाट हिँडेका बोहरा बिहीबार बिहान ५ बजे धौलढुंगामा एक्कासी हिउँमा चिप्लेको सुर्मा गाउँपालिकाकी उपाध्यक्ष रमलाकुमारी मन्डेल पुजाराले बताएकी छन् ।

उनीहरू दुई साना छोरा छिमेकीलाई छाडेर यार्सा संकलन गर्न निस्केका थिए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode